0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १७ घारीपाटनस्थित हिमालयन बोर्डिङ स्कुलले २०८१ को एसईईमा उत्तीर्ण भएका विद्यार्थीलाई सम्मानसहित बिदाई गरेको छ ।
पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका कार्यबाहक प्रमुख बद्रीनाथ सुवेदी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज बराललगायतले एसईईमा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीलाई सम्मान गरेका थिए ।
विद्यालयका प्राचार्य डा. टेकनारायण पौडेलका अनुसार विद्यालयबाट एसईईमा सहभागी भएकामध्ये दुई विद्यार्थीले ४ जीपीए प्राप्त गरेका थिए । जसमा सोनिया गुरुङ र रोशिका न्यौपाने छन् ।
विद्यालयबाट यस वर्ष एसइई दिएका ३२ जनाले एप्लस, आठ जनाले ए र एक जनाले बी प्लस प्राप्त गरेको प्राचार्य पौडेलले जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षा महाशाखाका शिक्षा अधिकृत रामप्रसाद तिवारी, विद्यालयका सह–प्राचार्य गोविन्द काफ्ले, एसईई परीक्षामा ४ जीपीए प्राप्त गर्न सफल विद्यार्थी सोनिया गुरुङ
लगायतले बोलेका थिए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रविण पन्त कार्यक्रम सञ्चाल र नेपाली विभागीय प्रमुख रन्जिता कार्कीले स्वागत गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.