असार २५, २०८२, बुधबार

पोखराको सातमुहानेमा लेखनाथ मिनी माइक्रो बस पल्टियो


Advertisement Image
clock icon 4 days, 2 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

 

पोखरा । पोखरा महानगरपालिका वडा ३२ सातमुहानेमा आज दिउँसो लेखनाथ मिनी माइक्रोबस पल्टिएको छ ।

सो बस पल्टिँदा एक वृद्धा सामान्य घाइते भएका छन् । उनको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

आज दिउँसो करिब ३ः३० बजे फेदीबाट पोखरा आउँदै गरेको ग१ख ८३०९ नम्बरको बस सातमुहानेमा विपरित दिशाबाट तीव्र गतिमा आइरहेको मोटरसाइकललाई जोगाउने क्रममा पल्टिएर नालामा पुगेको स्थानीयले बताएका छन् ।

प्रहरी चौकी जनताको चौताराका प्रमुख प्रहरी सहायक निरीक्षक हेमबहादुर क्षेत्रीका अनुसार बसमा एक वृद्धा, चालक र सहचालक मात्रै थिए । चालक र सहचालक सकुशल रहेका छन् । 

क्रेनको सहायताले बस निकालिसकिएको प्रहरी सहायक निरीक्षक हेमबहादुर क्षेत्रीले जानकारी दिए । 

Copyright © 2024 | All rights reserved.