असार २२, २०८२, आइतबार

पेनाल्टीमा चुक्याे नेपाल, उज्वेकिस्तानसँग पराजित


Advertisement Image
clock icon 11 hours, 51 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ । उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोट फुटबलमा उज्वेकिस्तानविरुद्ध पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले पराजित भएको हो । 

यसअघि निर्धारित समयसम्म ३-३ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटमा भएको हो । नेपाल र उज्वेकिस्तानबीचको छनोटको निर्धारित समयसम्म यसअघिका दुई खेलकोसमेत जोडेर २०-२० गोलको बराबरी भएपछि पेनाल्टीबाट निर्णय गरिएको हो । 

तर पेनाल्टीमा नेपाल गोल गर्न चुक्यो । कप्तान सावित्रा भण्डारी साम्बा पहिलो प्रहारमा गोल गर्न चुकिन् । ४-२ को अवस्थामा गोलकिपर अञ्जना राना मगर पनि गोल गर्न चुकेपछि नेपाल पराजित भयो । साम्बाको बल साइड पोलमा ठोक्किएर फर्कियो भने अञ्जनाको बल किपरले सजिलै समातिन् ।

नेपालका लागि गीता राना र सविता राना मगरलेमात्र गोल गरे । योसँगै नेपालको एएफसी महिला एसियन कप २०२६ मा छानिने सपना अधुरो भएको छ । 

 यसअघि कप्तान सावित्रा भण्डारी साम्बाले लगातार तीन खेलमा ह्याट्रिक गरेर कीर्तिमान राखिन् । उनले लाओस, श्रीलंका र उज्वेकिस्तानविरुद्ध ह्याट्रिक गर्दै नेपाली फुटबलमा विरलै तोडिने कीर्तिमान बनाएकी छन् । 

उज्वेकिस्तानविरु नेपाल मध्यान्तरसम्म ३-१ ले पछि परेको अवस्थामा खेलको ७१ औँ र ७३ औँ मिनेटमा साम्बाले गोल गर्दै ३-३ को बराबरी गरेकी थिइन् ।

यसअघि खेलको दोस्रो र ११ औँ मिनेटमा सिल्ली गोल खान पुगेको नेपालले २४ ओँ मिनेटमा सावित्री भण्डारी साम्बाको गोलबाट अन्तर कम गरेको थियो । 

तर ३७ औँ मिनेटमा डी बक्सभित्र नेपाली खेलाडीको ह्याण्ड भएपछि पाएको पेनाल्टीमा उज्वेकिस्तानले ३-१ अग्रता लिएको थियो ।

फाउल बढी खेलेको उज्वेकिस्तान पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि एक खेलाडीलाई गुमाउन पुग्यो ।  

नेपालले मध्यान्तरपछि फाइदा उठाउन पुग्यो । मध्यान्तरपछि बलमा नेपालले नियन्त्रण लिन सफल भएको थियो । 

 सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थाले पनि आज मात्र १०२ औँ खेल खेलेको हो । उतारचढावबीच गुज्रिएको नेपाली टिमले अहिलेसम्म कुनै पनि उपाधिसमेत जितेको छैन । 

हुनत नेपालले अन्तिम पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो। त्यतिबेला छनोट खेलेर नभइ सिधै प्रवेश पाएर खेलेकाले खासै मेहनत गर्न परेन । तर छनोट चरण पार गरेर एसिया कप खेल्न पाएको छैन । 

Copyright © 2024 | All rights reserved.