असार २३, २०८२, सोमबार

पोखरामा खुला फुटसल प्रतियोगिता हुने


Advertisement Image
clock icon 7 hours, 24 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

बक्स पोखराको आयोजनामा पोखरा रंगशालाको बहुउद्देश्यीय खेल भवन (कभर्ड हल)मा प्रतियोगिता सञ्चालन हुनेछ ।

असार २७ मा शुरु भएर २९ गते समापन हुने प्रतियोगिताका सबै खेल नकआउटका आधारमा हुनेछ ।

प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ३० टिम सहभागी हुने अनुमान छ । 

प्रतियोगितामा देशभरका जुनसुकै टिमले सहभागिता जनाउन पाउने बक्स पोखराका अध्यक्ष प्रदीप गुरुङले जानकारी दिए ।

संघका अध्यक्ष गुरुङले भने, ‘तीव्र गतिको हुने भएकाले फुटसल रोमाञ्चक हुनुका साथै आत्मअनुशासन, सहकार्य र नेतृत्व विकासमा सघाउ पुर्याउँछ भन्ने हाम्रो विश्वास हो ।’

प्रतियोगिता विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक चुमन गुरुङले जानकारी दिए । 

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद सात हजार, उच्च गोलकर्ता र उदीयमान खेलाडीलाई नगद छरछ हजासहित ट्रफी र प्रमाण प्रदान गरिने उनले बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई भने बक्स पोखराको एक महिने सदस्यता प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब सात लाख खर्च हुने आयोजकको अनुमान छ । 

Copyright © 2024 | All rights reserved.