0
प्रतिक्रिया
पोखरा । पोखराका छुट्टाछुट्टै दुई स्थानबाट आइतबार १७ जना जुवाडेलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । साथै यी दुई स्थानबाट करिब चार लाख १३ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीका अनुसार पोखरा महानगरपालिका वडा नं. १० रक्षामार्गबाट नौ जना र पोखरा १५ घलेचोकबाट आठ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ ।
रक्षामार्गबाट नियन्त्रणमा लिइएको जुवाडेको साथमा दुई लाख २२ हजार असी र घलेचोकबाट नियन्त्रणमा लिइएका जुवाडेको साथबाट एक लाख ९० हजार नौ सय ८५ रुपैयाँ बरामद भएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए ।
रक्षामार्गबाट पक्राउ पर्नेमा पोखरा-१९ लामाचौरका ३८ वर्षीय ई प्रसाद छन्त्याल, पोखरा-११ फूलबारीका ३९ वर्षीय हेमनारायण गर्बुजा, पोखरा-१२ माटेपानीका ४१ वर्षीय लिलप्रसाद गुरुङ, पोखरा-२९ सैनिक बस्तीका ५१ वर्षीय टेकबहादुर गुरुङ, छन् ।
यस्तै, पोखरा-१६ की ३४ वर्षीया रेनु गर्बुजा, पोखरा-९ न्यूरोडकी ३४ वर्षीया दीपा पुन, पोखरा-१५ नयाँगाँउकी ३२ बर्षीया जेनिषा पुन, पोखरा-१४ चाउथेकी ३७ वर्षीया पुष्पा पुन, र पोखरा-१० रक्षामार्गका ३९ वर्षीय दलबहादुर पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यता, घलेचोबाट पक्राउ पर्नेमा पोखरा-१० का ३४ वर्षीय चन्द्रबहादुर पुन, रंगशालाका ४४ वर्षकी कल्पना भन्ने टिकामाया आले, काजीपोखरीका ३७ वर्षीय बिष्णु थापा र ५१ व्र्षका टोपबहादुर थापा, पोखरा-१५ लक्ष्मीटोलकी ४२ वर्षीया सोनी गुरुङ, घलेचोकका ४२ वर्षीय हिमाल गुरुङ, पोखरा-१९ लामाचौरकी ४५ वर्षकी केशकुमारी गुरुङ, पोखरा-१५ मितेरी टोलका ६७ वर्षीय बलराम गुरुङ छन् ।
पक्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.