असार २५, २०८२, बुधबार

बाढी वितण्डा : मितेरी पुल बगायो, १८ जना सम्पर्कविहीन


Advertisement Image
clock icon 1 day, 13 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाल-चीनको सिमानामा रहेको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रको मितेरी पुल बगाएको छ।

बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडीहरू पनि बगाएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन्।

अधिकारीका अनुसार, बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेका छन्।

उनीहरूको उद्धारका लागि हेलिकप्टरमार्फत नेपाली सेनालाई अनुरोध गरिएको छ। बाढीले पुर्‍याएको क्षतिको यकिन तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले बताए।

यस्तै, रसुवागढी हाइड्रोका कर्मचारी पनि बाढीको चपेटामा परेका कारण उद्धारको पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ।

बाढीमा परेर रसुवामा कम्तीमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् भने उद्धारका लागि गएको पहिलो हेलिकप्टर उद्धार गर्न नसकी फर्किएको बताइन्छ ।

Copyright © 2024 | All rights reserved.