असार २५, २०८२, बुधबार

बाढी र पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह


Advertisement Image
clock icon 1 day, 12 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

त्रिशूलीलगायत देशका विभिन्न नदीहरूको जलसतह बढेको भन्दै उनले सुरक्षित रहन अपिल गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोष्ट गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘त्रिशूली नदीलगायत केही नदीहरूको जलसतह बढेका समाचारहरू आएका छन्, जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ ।’

उनले विपद्को समयमा आवश्यक सहयोगका लागि विपत् व्यवस्थापन विभागले तोकेका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकसँग सम्पर्कमा रहन पनि सर्वसाधारणलाई सुझाए ।

प्रधानमन्त्री ओलीले व्यक्तिगत सुरक्षालाई प्राथमिकतामा राख्दै अरूको सुरक्षामा पनि ध्यान दिन आग्रह गरेका छन् । उनले भने, ‘आफू सुरक्षित होऊँ, अरूलाई पनि सुरक्षित राखौँ ।’

 

Copyright © 2024 | All rights reserved.