असार २५, २०८२, बुधबार

पहिरोमा परी मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते


Advertisement Image
clock icon 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको तिनाउ गाउँपालिका-३ हेडबक्स नजिकै माथिबाट खसेको पहिरोमा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नं ५ तालपोखराका ३६ वर्षीय जनक भण्डारी छन् ।

घटनामा गम्भीर भएका जनकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । 

मोटरसाइकलमा पछाडि सवार उनीको श्रीमती कल्पना चापागाई घाइते भएकी छन् । उनको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट पाल्पा आउँदै गर्दा लु५१प ६६३३ नम्बरको मोटरसाइकल पहिरोमा परी सो घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

एक्कासि माथि भिरबाट पहिरो आएर लाग्दा चालक सडकबाट केही तल खस्न पुगेको उनले बताए । 

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्डमाका विभिन्न ठाउँमा ढुङ्गा खस्ने र पहिरोको जोखिम रहेकाले अहिले बर्तुङ र सिद्धाबाबा क्षेत्रबाट सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

Copyright © 2024 | All rights reserved.