असार २५, २०८२, बुधबार

कार र्‍यालीसहित भारतीय पर्यटन व्यवसायी पोखरामा


Advertisement Image
clock icon 9 hours, 49 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीले इन्डो नेपाल मनसुन कार र्‍याली २०२५ एण्ड इन्डो नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् ।

पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

बिभिन्न ब्राण्डका १५ एस युभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाका हुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापाले बताए ।

पोखरामा आयोजित कार्यक्रमको संयोजनसमेत गरेका थापाका अनुसार भारतीय पर्यटकको टोलीले पोखरा आसपासका पर्यटकीय गन्तव्य क्षेत्रको भ्रमण गरेको थियो ।

उक्त टोलीले बञ्जी, जीपलाइन, स्वीङलगायतका गतिविधिका साथै पोखरामा अफरोड कार ड्राइभसहित ग्यारजाती, मेथलाङ, सेदी लगायतका स्थान पुग्दै त्यसको रोमाञ्चक अनुभव लिएको उनले जानकारी दिए ।

पोखरामा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, बुमरेङ रेष्टुरेन्ट, प्याडल नेपाललगायत संघसंस्थाले सहयोग गरेका थिए । 

पटनाबाट बीरगंज हुँदै पोखरा र यस आसपासका क्षेत्रमा गरिएको कार ¥यालीको यात्रा रोमाञ्चक भएको मगध मोटर स्पोट्स क्लब पटना बिहारका अध्यक्ष प्रनभ साहीले बताए ।

पछिल्लो समयमा यस क्षेत्रको सडकको सुधार भएकोले पनि यात्रा सहज भएको उनको अनुभव छ । अध्यक्ष साही सहित क्लबका सचिव निलमणि कुमार, कोषाध्यक्ष एवं कार ¥याली संयोजक सुमिता शाही, उपाध्यक्ष एसके सिंह लगायत सहभागी थिए ।

नेपालको पर्यटन प्रवर्द्धनमा कार र्‍याली जस्ता कार्यक्रम महत्वपूर्ण हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए । बोर्डले यहाँको पर्यटकीय आकर्षण बढाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्ने उनको भनाइ छ । 

भारतीय पर्यटकको कार र्‍याली जस्ता गतिविधिले पोखराको पर्यटनमा विशिष्ट महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

पोखरा सबै मौसमका लागि भन्ने नारालाई यस्ता कार्यक्रमले थप मद्धत पु¥याउने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले बताए । 

Copyright © 2024 | All rights reserved.