असार २५, २०८२, बुधबार

गगनकालिका सहकारीको रक्तदानमा ४२ युनिट रगत संकलन


Advertisement Image
clock icon 10 hours, 16 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडामा मुख्य कार्यालय रही पोखरा महानगरपालिकाका वडा नं २९, ३०, ३१, ३२ र ३३ मा आफ्नो सेवा क्षेत्र बनाइ क्रियाशील गगनकालिका बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ४२ जना रक्तदाताले रक्तदान गरेका छन् ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले रक्तदानको महत्वबारे प्रकाश पारे । वडामा भैरहेका विकास निर्माणलगायतका विषयमा उनले जानकारी गराए ।

कार्यक्रमका सभापति एवं गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले संस्थाले समाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

सहकारीको सेवालाई समय सापेक्ष गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ मोवाइल बैंकिङ सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।

सहकारीका संस्थापक सचिव एवं पूर्वअध्यक्ष मेघराज पौडेलले संस्था स्थापना यता भैरहेका कामको चर्चा गरे ।

सहकारीका अध्यक्ष किसान परियारको सभापतित्व एवं कार्यबाहक सचिव गीता थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गरेका थिए भने सदस्य मनमाया पुनले सहकारीको सिद्धान्त वाचन गरेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, सदस्य भरत थापा, रक्तदाताका तर्फबाट रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पूर्व रक्तदाता मोहनकुमार प्रधान, गगन महिला विकास सहकारी संस्थाका अध्यक्ष निशा पौडेल, गगनगौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष वसन्तराज पौडेललगायतले बोलेका थिए ।

सहकारीका कुल ७ सय ४० शेयर सदस्य रहेकोमा शेयर पुँजी चार करोड २६ लाख रुपैयाँ रहेको छ । सहकारीको कुल कारोबार १५ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

Copyright © 2024 | All rights reserved.