0
प्रतिक्रिया
पोखरा । म्याग्दीमा आज दिउँसो पहिरोमा पुरिएर बुबाको ज्यान गएको छ भने छोरा बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नं ३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विक छन् ।
सोही घटनामा गजेन्द्रका छोरा १३ वर्षका सरोज विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । उनको खोजी कार्य तीव्र बनाइएको प्रहरीको भनाइ छ ।
बाबुछोरा घरनजिकैको पाखो बारीमा घाँस दाउरा गर्न गएका बेला सो घटना भएको प्रहरीले जनाएको छ ।
साथै पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ र एक हल गोरु बगाएको छ ।
Copyright © 2024 | All rights reserved.