साउन ०४, २०८२, शनिबार

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर राधेको मृत्यु


clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बाँकेमा करेन्ट लागेर बुधबार एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा डुडुवा गाउँपालिका डा नं ३ हलबलडोलीका ४० वर्षीय राधे खटिक छन् । 

नेपालगंज उपमहानगरपालिका वडा नं २१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2024 | All rights reserved.