साउन ०६, २०८२, सोमबार

फिफा वरियतामा नेपाल १७६औं स्थानमा


clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ ।

फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६औं स्थानमा पुगेको हो ।

अघिल्लो वरियतामा नेपाल १७५औ स्थानमा रहेको थियो ।

त्यस्तै छिमेकी मुलुक भारत ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ ।

त्यस्तै फिफा वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै स्पेन दोस्रो, फ्रान्स तेस्रो, इङल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ ।

त्यस्तै नेदरल्याण्डस एक स्थान तल झरेर सातौं स्थानमा रहेको छ भने बेल्जियम आठौं स्थानमा रहेको छ ।

त्यस्तै जर्मनीले एक स्थानले माथि उक्लेर नवौं स्थानमा रहेको छ र क्रोसिया एक स्थान सुधार गर्दै दशौँ स्थानमा उक्लिएको छ ।  -एभरेष्ट न्यूज एजेन्सी  

Copyright © 2024 | All rights reserved.