0
प्रतिक्रिया
पाेखरा। नेप्से परिसूचकमा आज पनि बढेको छ । आज नेप्से २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१२ कम्पनीका दुई करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज माई खोला हाइड्रोको सेयर मूल्य सबैभन्दा बढी ८.१५ प्रतिशतले बढेको छ भने मांडू हाइड्रोको सेयर मूल्य ६.७६ प्रतिशतले बढेको छ ।
त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.९२ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको सेयर मुल्य ६.४७ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५७ करोड ५ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.