0
प्रतिक्रिया
पोखरा । नेपाल पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनोटको समूह बी मा परेको छ । आइसीसीले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपालको समूहमा जापान र कुवेत छन् ।
नौ देशले खेल्ने छनौट खेलमा हरेक समूहका शीर्ष दुई देश सुपर सिक्समा छनाेट हुनेछन् । सुपर सिक्समा एक अर्काविरुद्ध खेलेपछि शीर्ष तीन देशले २०२६ को विश्वकपमा छनोट हुनेछन् ।
यस्तै समुह ए मा मलेसिया, कतार र युएई छन् भने समूह सी मा ओमान, पीएनजी र सामोआ रहेका छन् । एशिया छनाेट खेल आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुदैछ ।
२०२६ को टी-२० विश्वकपका लागि भारत र श्रीलंका आयोजकमा रुपमा छनौट भएका छन् ।
त्यस्तै २०२४ मा अमेरिकामा भएको विश्वकपमा टप ७ टिम अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज सिधै छनौट भएका छन् ।
यस्तै २०२४ को जुन ३० सम्म शिर्ष वरियतामा रहेका आयरल्याण्ड, न्यूजील्याण्ड र पाकिस्तान पनि सिधै छनौट भएका छन् ।
त्यसैगरी अमेरिका छनौटबाट क्यानडा विश्वकपमा छनौट भएको छ । अब युरोप, अफ्रीका र एशिया र इष्ट एशियाबाट छनौट हुन बाँकी रहेको छ ।
Copyright © 2024 | All rights reserved.