0
प्रतिक्रिया
पोखरा । कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका वडा नं १ गणेशपुरकी ५५ वर्षीया द्रोपती भट्ट छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुुसार बसको ठक्करबाट भट्ट गम्भीर घाइते भएकी थिइन् । उनको उचारका क्रममा धनगढीस्थित निर्सग अस्पतालमा मृत्यु भएको हो ।
बेलौरीबाट महेन्द्रनगरतर्फ फर्किदै गरेको सु.प.प्र.००१ ख ९२९ नम्बरको बसले सडक छेउमा हिँडिरहेका भट्टलाई ठक्कर दिएको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Copyright © 2024 | All rights reserved.