साउन ०४, २०८२, शनिबार

ट्रम्पले लगाएको करको सामना गर्न ब्राजिल तयार छ: राष्ट्रपति सिल्भा


clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला द सिल्भाले अमेरिकाले ब्राजिलमाथि लगाएको कुनै पनि करको सामना गर्न आफू तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलमा ५० प्रतिशत करको घोषणा गरेपछि राष्ट्रपति सिल्भाले ट्रम्पको  करको सामना गर्न आफू तयार रहेको बताएका हुन् ।

ट्रम्पले एक पत्रमा ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोमाथि गरिएको व्यवहार र अमेरिकन टेक कम्पनिमाथि ब्राजिलमा भएको व्यबहारलाई कर वृद्धिको कारणको रूपमा उल्लेख गरेका छन् । 

बोल्सोनारोमाथि ब्राजिलमा २०२२ को आम चुनावको नतिजा उल्टाएको आरोप छ। उनी हाल यस विषयमा मुद्दाको सामना गरिरहेका छन् ।

ब्राजिल अमेरिकाको १५औं ठूलो व्यापारिक साझेदार हो र अमेरिकाबाट यसको मुख्य आयातमा खनिज इन्धन, विमान र मेसिनरी समावेश छन् ।-एभरेष्ट न्यूज एजेन्सी

 

Copyright © 2024 | All rights reserved.