साउन १६, २०८२, बिहीबार

पोखरामा महिलाको घाँटीबाटै सिक्री लुटियो, दुई युवक पक्राउ


Advertisement Image
clock icon 2 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने दुई युवक तीन महिनापछि पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं ६ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ४ बस्दै आएका २८ वर्षीय अन्जन तामाङ र ३२ वर्षीय सुरेश तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत चैत २९ गते साँझ अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाको घाँटीबाट करिब दुई तोलाको सुनको सिक्री लुटेर अञ्जन र सुरेश भागेका भएका थिए । 

घटनाको अनुसन्धानमा जुटेको कास्की प्रहरीले काठमाडौँ प्रहरीको सहयोगमा असार २५ गते अञ्जन र सुरेशलाई काठमाडाैँ गोकर्णेश्वर-४ बाट यही असार २५ गते पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा छ दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । 

Copyright © 2024 | All rights reserved.