भदौ ०४, २०८२, बुधबार

मनाइयो २१८औँ श्रीपति जयन्ती


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरास्थित श्रीपति कोइराला गुठीले संस्थापक श्रीपति कोइरालाको २१८औँ श्रीपति जयन्ती शुक्रबार मनाएको छ । 

यस अवसरमा संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता फणिन्द्रराज कोइराला, पदाधिकारी, कार्यसमिति सदस्य र सदस्यहरुले श्रीपतिको शालिकमा माल्यार्पण गरेका थिए । 

श्रीपतिको जीवनी र योगदानका बारेमा गुठीका निवर्तमान अध्यक्ष लक्ष्मण कोइराला, पूर्वअध्यक्ष हेरम्वप्रसाद कोइराला र पूर्वसचिव अनन्तप्रसाद कोइरालाले चर्चा गरेका थिए ।

गुठीका अध्यक्ष वरिष्ठ अधिवक्ता फणिन्द्रराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वउपाध्यक्ष रमा कोइरालाले स्वागत र सञ्चालन सचिव नवराज कोइरालाले गरेका थिए ।

साथै यस अवसरमा पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा खाद्यान्न हस्तान्तर गरिएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए । 

श्रीपति विद्यापदक र छात्रवृत्ति वितरण गुठीको साधारणसभामा गरिने सचिव कोइरालाले बताए । 

श्रीपति कोइराला गुठी

श्रीपति कोइराला गुठी १८६४ सालमा जन्मेका श्रीपति कोइरालाको नाममा स्थापित संस्था हो । पण्डित, ज्योतिषी, विद्वान श्रीपतिले तत्कालीन राजा राजेन्द्र शाहले बकसमा पोखराका पाँच गाउँ महेन्द्रपुल, गैह्रापाटन, प्रस्याङ, नदीपुर र बास्तोलाथर दिएपछि उनले सामाजिक कार्य गर्न गुठी स्थापना गरेका थिए ।

गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाका अनुसार १८९९ मा स्थापना तथा २०४९ सालमा विधिवत दर्ता भएको संस्थामा हाल ३ सय ५६ जना सदस्य आवद्ध छन् ।

गुठीको नेृतृत्व यसअघि भैरव कोइराला, शालिकराम कोइराला, कृष्णप्रसाद कोइराला, हेरम्वप्रसाद कोइराला, यज्ञनाथ कोइराला, रामचन्द्र कोइराला, विष्णुचन्द्र कोइराला, मोहननाथ कोइराला र लक्ष्मण कोइरालाले गरिसकेका छन् ।

को हुन् श्रीपति ?

वि.सं. १८६४ असार २७ गते पोखरा ४ गैरापाटनमा जन्मिएका श्रीपतिले वनारसबाट ज्योतिषशास्त्र, धर्मशास्त्र, तन्त्रविद्या, आयुर्वेद र षडशास्त्रको अध्ययन गरेका थिए । अध्ययन पूरा गरी नेपाल फर्किएर उनले सरकारी जागिर हाकिम खरदार भएर काम गरेका थिए ।

गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाका अनुसार श्रीपति कुशल प्रशासक मात्र होइन कहलिएका ज्योतिषी पनि थिए ।

उनको विभिन्न स्थानमा पार्टीपौवा, मठ मन्दिर, बाटोघाटो निर्माणमा महत्वपूर्ण योगदान रहेको छ ।

उनले १८९८ र १९०० मा राजकीय सम्मानसहित ५ गाउँ विर्ता प्राप्त गरेका थिए । तत्कालिन समयमा श्रीपति समाजको एक विद्वान, बहुविषयको विज्ञ, सरकारको उच्च पदको कर्मचारी र अब्बल समाजसेवी थिए । उनी आदिकवि भानुभक्त आचार्यका समकालिन थिए ।

उनको निधन १९२६ सालमा भएको हो । श्रीपतिको व्यक्तित्व र कृतित्वका बारेमा महाकाव्यकार रामनाथ अधिकारी संगीले महाकाव्यसमेत लेखेका छन् । उनको नाममा गुठी र सहकारी सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.