साउन ०६, २०८२, सोमबार

नेपालले आज भुटानको सामना गर्दै


clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टिमले आज साफ यू-२० महिला फुटबल च्याम्पियनसिपअन्तर्गत पहिलो खेल खेल्दैछ । 

नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजेदेखि शुरु हुदैछ । बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुने एन्फाले जानकारी दिएको छ ।

साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय यू-२० महिला टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बिर्साना चौधरीको कप्तानीमा २३ खेलाडी छानेका छन् । 

त्यस्तै नेपाली यू-२० महिला टिममा यमप्रसाद गुरुङ (मुख्य प्रशिक्षक), इन्दु दुवाल (टिम म्यानेजर), सन्देशकुमार श्रेष्ठ (सहायक प्रशिक्षक), किरणकुमार कार्की (सहायक प्रशिक्षक), मीनबहादुर बस्नेत (गोलकिपिङ प्रशिक्षक), विशाल कोजु श्रेष्ठ (आधिकारीक), पूर्णिमा घिसिङ (फिजिस्ट्रेस) र पूर्निमा घिसिङ (फिजिस्ट्रेस) रहेका छन् ।

प्रतियोगिता आजदेखि जुलाई २२ सम्म बंगलादेशमा हुँदैछ । यस प्रतियोगित मा नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिदैछन् ।

यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शीर्ष स्थानमा रहने देश विजेता हुनेछ ।

यस प्रतियोगितामा नेपालले आज भुटानविरुद्ध, जुलाई १३ मा बंगलादेशविरुद्ध, जुलाई १५ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका छन् ।

त्यस्तै नेपालले जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।

यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

Copyright © 2024 | All rights reserved.