0
प्रतिक्रिया
पाेखरा । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जानकारी दिएको छ ।
हाल देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ।
गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम बर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कोशी, बागमती, कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा- हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टा सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेको छ ।
Copyright © 2024 | All rights reserved.