साउन ०६, २०८२, सोमबार

साफ यू-२० महिला फुटबल च्याम्पियनसिप : नेपालले आज बंगलादेशको सामना गर्दै


clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपालले आज साफ यू-२० महिला फुटबल च्याम्पियनसिपअन्तर्गत दोस्रो खेल खेल्दैछ । 

नेपालले प्रतियोगिताको दोस्रो खेलमा आज आयोजक बंगलादेशको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेदेखि शुरु हुदैछ । खेल बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९-१ गोल अन्तरले पराजित गरेको थियो । 

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शीर्ष स्थानमा रहने देश विजेता हुनेछ ।

यस प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध, जुलाई १५ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका छन् । त्यस्तै नेपालले जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय यू-२० महिला टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बिर्साना चौधरीको कप्तानीमा २३ खेलाडी खेल्दैछन् । 

गोलकिपरः लीला जोशी, करुणा बुढाथोकी र सुजाता तामाङ ।

डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पाण्डक, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।

मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (कप्तान) र सेनु परियार ।

फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

Copyright © 2024 | All rights reserved.