साउन ०६, २०८२, सोमबार

आज ह्वात्तै बढ्यो सुन-चाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?


clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । आज आइतबार सुनको भाउ तोला एक हजार एक सय र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको छ । 

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९२ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

सुन शुक्रबार प्रतितोला एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९३ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । 

यसैगरी शुक्रबार प्रतितोला दुई हजार दुई सय २० रुपैयाँमा कारोबार भएको असली चाँदीको आज मूल्य बढेर प्रतितोला दुई हजार दुई सय ८५ रुपैयाँ पुगेको छ । 

पोखरा बजारमा भने चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको छ । 
 

Copyright © 2024 | All rights reserved.