साउन ०३, २०८२, शुक्रबार

भारतको राज्य सभामा चार जना मनोनित


clock icon 4 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। भारतको राज्य सभामा चार जनालाई मनोनित गरिएको छ। भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राज्यसभाका लागि चार जनालाई मनोनित गरेकी छन् ।

मनोनित हुनेमा उज्ज्वल देवराज निकम, सी. सदानन्दन मास्टर, हर्षवर्धन श्रृंगला र डा. मीनाक्षी जैनलाई राज्यसभाका लागि मनोनित गरिएको छ ।

उज्ज्वल देवराज निकमले भाजपाबाट मुम्बई उत्तर मध्यबाट लोकसभा चुनाव लडेका थिए तर उनी पराजित भएका थिए । अर्कोतर्फ, हर्षवर्धन श्रृंगला पुर्व विदेश सचिव हुन् ।

राष्ट्रपतिले मनोनित सदस्यहरूको अवकाशका कारण रिक्त पदमा चार जनालाई राज्यसभामा मनोनित गरेका छन् ।

भारतको संबिधान अनुसार राष्ट्रपतिले १२ जनालाई राज्यसभामा मनोनित गर्न सक्ने व्यवस्था गरिएको छ ।

मनोनित हुने व्यक्तिहरू कला, साहित्य र सार्वजनिक सेवाको क्षेत्रमा विशेष योगदान गरेका हुनुपर्ने उल्लेख छ ।-एभरेष्ट न्यूज एजेन्सी,

 

Copyright © 2024 | All rights reserved.