0
प्रतिक्रिया
पोखरा । धनुषामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा हंसपुर नगरपालिका वडा नं ४ मधुकरीका ३० वर्षीय उदय राउत छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका राउतको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राति धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं ४ रमौलस्थित सडकमा राउत सवार मधेस प्रदेश-०२-००५ प ८८४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.