0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ नदीपुरस्थित हिमालयन सिद्धमहायोग ध्यान साधना केन्द्रमा योग, ध्यान, साधनासहितको विभिन्न पारम्परिक उपचार पद्धतिबाट रुद्राभिषेक तथा ग्रहदोष निवारण सम्बन्धित विशेष कार्यक्रम शुरु भएको छ ।
अनन्तश्री विभूषित जगद्गुरु रामानन्दाचार्य, स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको सत्संकल्पमा अनुष्ठान शुरु भएको हो।
अनुष्ठान साउन महिनाभर सञ्चालन हुने हिमालयन सिद्धमहायोग साधना केन्द्रका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिए ।
जगत्गुरु श्रीरामाचार्य सेवापीठ चतरा, सुनसरी एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान पोखराको आयोजनामा विशेष अनुष्ठान (पारम्परिक उपचार पद्धति) सहित ग्रहदोष निवारण, मन्त्रजप, हवन, अर्चन, रुद्राभिषेक, आयुर्वेदिक परामर्श र सद्गुरुदेवबाट दिव्य सत्संग कार्यक्रम हुने नारायण स्थान धार्मिक विकास समिति अध्यक्ष तथा लक्ष्मीनारायण मन्दिरका पिठाधीश महेश पराजुलीले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.