0
प्रतिक्रिया
पोखरा । रूपा वाङ्मय प्रतिष्ठानद्वारा ‘२१२ औँ भानु जयन्ती’ को अवसरमा आयोजित ‘रूपा काव्य उत्सव’ सम्पन्न भएको छ ।
कार्यक्रम रूपा गाउँपालिका वडा नं ६ खोलाको छेउस्थित पृथ्वी रुपा माविको सभाहलमा भएको थियो ।
कार्यक्रममा पाँच जना कविले विशेष कविता वाचन र १५ जना कविले खुला सिर्जना प्रस्तुत गरेका थिए ।
डा. गणपति ओझा, नवराज अधिकारी, हरिकला गौतम, तारानाथ पराजुली र सुप्रिया खनालले विशेष कविता वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार डा. बाबुराम अधिकारी, प्रकट पगेनी स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुका पराजुली र नागरिक परोपकार समन्वय संस्थाका सचिव शिवराज सुवेदीले शुभकामना मन्तव्य दिएका थिए।
संस्थाका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मदन घिमिरेले गरेका थिए।
Copyright © 2024 | All rights reserved.