साउन १६, २०८२, बिहीबार

बागलुङको तालाखोलामा जीप दुर्घटना, गम्भीर घाइतेलाई पोखरा ल्याइयो


Advertisement Image
clock icon 2 weeks, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बागलुङमा गएराति जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जसमा एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते गल्कोट नगरपालिका वडा नं ६ भुजुङका १७ वर्षीय प्रतिक श्रीसलाई थप उपचारका लागि पोखरा ल्याइएको प्रहरीले जनाएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

ईलाका प्रहरी कार्यालय गलकोटका अनुसार बाँकी १५ जना घाइतेमध्ये चालकसहित सात जनाको गल्कोट नगर अस्पतालमा उपचार भइरहेको छ भने आठ जना उपचारपछि घर फर्किएका छन् । 

अस्पतालमा उपचाररत घाइतेहरुमा चालक गल्कोट-६ भुजुङका २२ वर्षीय बलबहादुर श्रीष, २१ वर्षीय मोहन जुग्जाली, १८ वर्षीय सागर श्रीष, १८ वर्षीय मिलन रोका, १८ वर्षीय रिजन खत्री, १८ वर्षीय नेक्सन श्रीष र २९ वर्षीय टेकबहादुर श्रीष छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

यस्तै, उपचारपछि घर फर्किनेहरुमा गल्कोट-६ भुजुङका ३४ वर्षीय बिक्रम जुग्जाली, ९ वर्षीय भुपेन्द्र रोका, २९ वर्षीा अम्मा जुग्जाली, ३२ वर्षीय शेरबहादुर काउचा, ४० वर्षीय होमबहादुर थापा, २४ वर्षीय बिर जुग्जाली, ३१ वर्षीय यमबहादुर पुन र ताराखोला–३ काक्राखोरका १९ वर्षीय सुजन निउरे छन् ।

गएराति करिब ११ बजे ताराखोलादेखि गल्कोट हटियातर्फ जाँदै गरेको ग१ज ७१८९ नम्बरको बोलेरो पिक अप जीप ताराखोला गाउँपालिका वडा नं ३ पिरेचामा दुर्घटना भएको हो । जीपमा क्षमताभन्दा बढी यात्रु बोकेको र चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ । जीप मोटरबाटोदेखि करिब ३० मिटर तल खसेको बताइएको छ ।

Copyright © 2024 | All rights reserved.