0
प्रतिक्रिया
बागलुङ । लायन्स क्लब अफ बागलुङ टाइगर टिमको स्थापना दिवस (चार्टर डे) का अवसरा वृक्षरोपण गरिएको छ ।
सर्वसिद्धिधाम पञ्चकोटमा रहेको खाली जग्गामा वातावरण संरक्षणको सन्देश फैलाउँदै विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
सो अवसरमा रूद्राक्ष, पारिजात, वेलपत्र, मोरिङा (शीतल चिनी), बुद्धचित्तलगायतका बिरुवा रोपिएको क्लबले जनाएको छ ।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, पञ्चकोट विकास परिषदका पदाधिकारीसहित सदस्य, नेपाल प्रहरी तथा स्थानीय सहभागी थिए ।
कार्यक्रममा सर्वसिद्धिधाम पञ्चकोट विकास परिषदका अध्यक्ष जगन्नाथ आचार्यले विरूवाको औषधीय गुण र यसको संरक्षणको बारेमा चर्चा गरेका थिए ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालका सिनियर कोचिफ एडभाइजरले क्लबले विगतमा झै थप सेवाका कार्य गरेको भन्दै क्लबको प्रशंसा गरे ।
क्लबकी चार्टर प्रेसिडेन्ट एवं जोन नं. ५ कि जोन चियरपर्सन मीना जिसी कँडेलले पञ्चकोट धाम र भक्तजनलाई सुहाउँदो प्रजातिका बिरूवाहरू रोपेको बताइन् ।
क्लब अध्यक्ष प्रेम ढकालले वातावरण संरक्षणमा लाग्नु सबैको साझा दायित्व भएको बताए । उनले वृक्षरोपण गरेर हरित भविष्यतर्फ एक कदम चालेको स्पष्ट पारे । स्थापना दिवसको अवसरमा गरिएको वृक्षरोपणले क्लबको प्रतिबद्धतालाई अझ सशक्त बनाउने अध्यक्ष ढकालको अपेक्षा छ ।
क्लबले विगतदेखि नै सामाजिक सेवा, स्वच्छता, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Copyright © 2024 | All rights reserved.