0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको समन्वयमा दुई दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
विद्यालय परिसरमै यही असार २९ र ३० गते तालिम सञ्चालन भएको विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारीले जानकारी दिए ।
तालिममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष शिवबहादुर भण्डारीले तालिमले ‘मानवता र सेवा भाव सिकाएको’ भन्दै यस्ता तालिम विद्यार्थीकै हितमा हुने बताए । अध्यक्ष भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकालेसोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।
सहायक प्राचार्य अधिकारीले तालिमबाट विद्यार्थीमा सकारात्मक सोच र सामाजिक जिम्मेवारीको विकास भएको विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य सूर्यप्रसाद भण्डारी, प्रमुख कार्यकारी अधिकृत महेन्द्र गोदार, विद्यालयका सहायक प्राचार्य गोविन्द चापागाईं, रेडक्रस पोखरा-१२ उपशाखाका उपसचिव रामचन्द्र अधिकारीलगायतले बोलेका थिए ।
सो अवसरमा रोज्मी तामाङ, प्रवेश सापकोटा, आशिस्मा कुइँकेल र सोफिया गुरूङलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका शोभा भट्टराईले गरेकी थिइन् ।
२०५० सालमा स्थापित विद्यालयमा हाल नाै सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय २० विद्यार्थी छन् ।
विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ । विद्यालयका अनुसार आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको छ ।
Copyright © 2024 | All rights reserved.