असार ३१, २०८२, मंगलबार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताद्वारा राजीनामा


clock icon 8 hours, 6 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। लाखौँ रुपैयाँ घूस लिएको आरोप लागेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

उनले मंगलार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् । 

मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए । 

उनले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको थियाे ।

Copyright © 2024 | All rights reserved.