0
प्रतिक्रिया
पोखरा । खोटाङमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका वडा नं ४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राई छन् ।
गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यका अनुसार घाइते इन्द्रालाई उपचारका लागि लैजाने तयारी गर्दागर्दै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका खोटाङ्गका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.