असोज ०३, २०८२, शुक्रबार

‘सम्झनामा जनकवि केशरी’ कार्यक्रम गरिने


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको बाटुलेचौरस्थित शुक्ला साहित्य प्रतिष्ठानले ‘सम्झनामा जनकवि केशरी’ विशेष स्मृति कार्यक्रम गर्ने भएको छ ।

कवि स्वर्गीय धर्मराज थापाको जन्मदिनको अवसरमा साउन १ गते बाटुलेचौरमा स्मृतिमा शब्द, साधना र संगीतका विषयमा चर्चा गरिने प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले जानकारी दिए ।

लोक साहित्य तथा गीत, संगीतका शिखर पुरुष जनकवि थापाले लोक संस्कृतिमा आधारित विभिन्न पुस्तक प्रकाशन र विभिन्न लोक रचनामा आवाज भरेर नेपाली लोक संगीतलाई विश्व माँझ चिनाएका थिए । 

थापाले लेखेको गण्डकीका सुसेली नामक कृतिमा गण्डकी क्षेत्रका विभिन्न ठाउँको ऐतिहासिक परिचय पाउन सकिन्छ ।

जीवनको अधिकांश समय लोक साहित्य रचना एवं खोजी कार्यमा बिताका थापाले प्रतिष्ठानको स्थापना गरेका थिए ।

प्रतिष्ठानले जनकवि केशरीको स्मृतिमा राष्ट्रिय पुरस्कार समेत संचालन गरिरहेको छ । उनको हरियो डाँडामाथि हलो जोत्ने साथी गीत आज पनि निकै चर्चित छ । उनले वि.सं. २०१३ मा राजा महेन्द्रबाट ‘जनकवि केशरी’ को उपाधि पाएका थिए ।

उनले विसं २०१३ र २०३१ मा शुभ राज्याभिषेक पदक, २०२५ मा “मङ्गली कुसुम” नामक ग्रन्थको लागि पद्य विधामा मदन पुरस्कार, २०५७ मा जगदम्बाश्री पुरस्कार, २०२५ को इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४१ मा लोक साहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदक प्राप्त गरेका थिए ।

विसं. १९८१ साउन १ गते पोखराको बाटुलेचौरमा जन्मिएका थापाको विसं. २०७१ असोज २८ गते काठमाडौँमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.