असार ३१, २०८२, मंगलबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका विभिन्न फर्म अनुगमन


clock icon 6 hours, 13 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कास्कीमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरिएको छ ।

परियोजना कार्यान्वयन इकाई कास्कीअन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेट तथा नीति तथा कार्यक्रम अनुसार सञ्चालित योजनाको सोमबार स्थलगत अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा परियोजनाका कास्की संयोजक लिलाधर पौडेलको नेतृत्वमा अनुगमन टोलीले पोखरा महानगरपालिका वडा नं ११ काहुँस्थित सिस्नेरी च्याउ फर्म, पोखरा-६ जरेबरस्थित चिसापानी कृषि तथा पशुपंक्षी फर्म, पोखरा-१६ दीपस्थित जय देउराली कृषि फर्म, पोखरा-२५ झिझिर्कास्थित माया इको भिलेज, माछापुच्छ्रे गाउँपालिका-६ धितालस्थित धिताल दुग्ध उत्पादन कृषि सहकारी संस्था सञ्चालित दुग्ध संकलन तथा प्रशोधन केन्द्र र पोखरा-२५ हेम्जास्थित विभिन्न कृषि फर्मको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्रमुख पौडेलले सरकारले कृषिमा गरेको लगानी उत्पादनमुखी, प्रतिफलमुखी र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै कृषि तथा किसानका विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

उत्पादित वस्तुको बजारीकरण, सहज खरिद-बिक्री, तथा निर्यातमुखी उत्पादन नीति तर्जुमा गरी वास्तविक किसानलाई राहत महसुस हुने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

परियोजना कास्की कार्यालयका प्रमुख माधव लम्सालले कार्यालयले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको जानकारी दिँदै निर्धारित लक्ष्य र उद्देश्य प्राप्तिमा पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको बताए ।

Copyright © 2024 | All rights reserved.