0
प्रतिक्रिया
पाेखरा। अर्घाखाँचीमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका वडा नं १० धनचौर तल्लोपाकुमा उक्त घटना भएकाे हाे ।
मंगलबार बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार दुवै जना रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएकामा समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा सुक्खा पहिरोले पुरिएको अवस्थामा उनीहरूकाे शव फेला परेका डीएसपी मल्लले जानकारी दिए ।
ढुङ्गा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवै जनाको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माको भनाइ छ ।
Copyright © 2024 | All rights reserved.