साउन १६, २०८२, बिहीबार

बिरौटा साझा चौतारी लायन्सद्वारा रक्तदान कार्यक्रम आयोजना


Advertisement Image
clock icon 2 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीले आगामी मंगलबार अर्थात श्रावण ६ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम पोखराको मालेपाटनस्थित गणतन्त्र चोकमा बिहान ७ बजेदेखि हुने आयोजकले जनाएको छ । 

रगतको अभावमा दैनिक कैयौं नागरिकले अकालमा ज्यान गुमाइरहेको अवस्थामा सामाजिक चेत भएका नागरिकको सानो योगदानले कसैको जीवन रक्षाका लागि मद्दत मिल्ने भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष विद्या पौडेल अधिकारीले बताइन् । कार्यक्रमको तयारी तीव्र बनाइएको उनले बताइन् ।

अध्यक्ष अधिकारीले सबैभन्दा उत्कृष्ट र पवित्र काम रक्तदानमा सबै नागरिकलाई सहभागी हुन आह्वान गरेकी छन् ।

रक्तदानकाे अर्थ

‘रक्तदान महादान’ । हामीले आफ्नो शरीरलाई सग्लो राखेर परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो काम हो, रक्तदान । यसलाई ‘महादान’ पनि भनिएको छ । किनभने हामीले रक्तदान गर्दा त्यसले अरु बिरामी वा रोगीले नयाँ जीवन पाउन सक्छन् । एक युनिट रगतले पनि कसैको ज्यान बच्न सक्छ ।

यद्यपि मान्छेहरु रक्तदान गर्नमा उति जागरुक छैनन्, जति यसको महत्व र जरुरी छ । विभिन्न स्थानमा रक्तदानको अभियान नै चलाइएको हुन्छ, तर मान्छेहरु रक्तदानका लागि तयार हुँदैनन् । यसो हुनुमा रक्तदानप्रति मान्छेको गलत धारणा पनि एक हो ।

कतिपयले के भन्छन् भने रक्तदान गर्ने क्रममा अरु रोग सर्न सक्छ । जस्तो कि, एड्स, क्यान्सर आदि । तर, चिकित्सकहरु यस्तो कुरा स्वीकार्दैनन् । उनीहरु भन्छन्, रक्तदानले केवल अरुलाई जीवनदान मात्र मिल्दैन, स्वयं दातालाई पनि फाइदा गर्छ ।

एक स्वस्थ व्यक्तिले रक्तदान गर्नु पूर्ण रुपमा सुरक्षित छ । जब रक्तदान गर्नका लागि जानुहुन्छ, तब चिकित्सकले तपाईंको हेमोग्लोबिन, ब्लड प्रेशर र तौल जाँच गर्छन् ।

सबै कुरा ठीकठाक वा सामान्य भएमा तपाईंलाई रक्तदानका लागि अनुमति दिइन्छ । १८ देखि ६० वर्षसम्मका कुनै पनि स्वस्थ व्यक्तिले वर्षमा तीन वा चार पटकसम्म रक्तदान गर्न सक्छन् । रक्तदान गर्नका लागि तपाईंको शरीरको तौल ४५ केजीभन्दा माथि हुनुपर्छ ।

किन जरुरी छ रक्तदान ?

तपाईंको एक युनिट ब्लडले लगभग तीन जना व्यक्तिको ज्यान बच्न सक्छ । यसैले पनि हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्न उचित हुन्छ । रगतलाई अरु हिसाबले बनाउन सकिंदैन न यसको कुनै अर्को विकल्प छ ।

शल्यक्रियाको क्रममा वा दुर्घटनापछि जब कुनै व्यक्तिको उपचार गर्नुपर्छ, उनीहरुलाई रगतको जरुरी हुन्छ । उक्त आवश्यकता तपाईंले दान गर्नुभएको रगतले परिपूर्ति गर्छ । त्यसैले यसलाई महादान भनिएको हो ।

रक्तदानको फाइदा

रक्तदान गर्नु पनि आफैंमा फाइदाजक छ । यसले खासगरी मुटुलाई स्वस्थ बनाइराख्न सहयोग गर्छ । साथसाथै अरुको मुटुको ढुकढुकी कायम राख्न पनि तपाईंको रक्तदान जरुरी हुन्छ ।

-रक्तदानले तपाईंलाई हृदयघात, स्ट्रोक जस्तो विरामीबाट सुरक्षित राख्छ । रक्तदान गरेपछि रगत पातलो हुन्छ, जो मुटुको लागि राम्रो मानिन्छ ।

-रक्तदानले शरीरमा आयरनको मात्रा सन्तुलित हुन्छ, जसले क्यान्सर र लिभरको समस्याबाट बच्नमा सहयोग गर्छ ।

-रक्तदान गर्नाले तपाईंको शरीरमा नयाँ रक्तकोषिका बन्छ, जसले तपाईंमा नयाँ उर्जा मिल्छ ।

-रक्तदानपछि हेपटाइटिस बी, सी, एचआईभी र केही रोगको परीक्षण गरिन्छ । अतः यस्ता संभावित रोगको शुरुमै पहिचान गर्न सहयोग हुन्छ ।

Copyright © 2024 | All rights reserved.