0
प्रतिक्रिया
पोखरा । सर्लाहीमा आज दिउँसो मोटरसाइकलको ठक्करबाट पैदयात्रीको ज्यान गएको छ । पैदलयात्रीको सनाखत हुन सकेको छैन ।
कबिलासीबाट मलंगवातर्फ जाँदै गरेको प्रदेश २-०३-०१४ प १२१४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक कबिलासी नगरपालिका-८ का २२ वर्षीय रुपेश राय र पछाडि सवार उनकी श्रीमती २० वर्षीया पिंकी देवी राय घाइते भएका छन् ।
उनीहरुको मलंगवा अस्पतालमै उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । मृतकको पहिचान खुलाउने तथा दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.