साउन १६, २०८२, बिहीबार

पोखराको सीतापाइलामा मितेरी पुल शुभारम्भ


Advertisement Image
clock icon 2 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ को सीतापाइला र वडा नं १५ पट्नेरीलाई जोड्ने सेती नदीमाथिको मितेरी पुल शुभारम्भ भएको छ ।

गण्डकी प्रदेश सरकारको २२ लाख १४ हजार ६ सय ४५ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न गरिएको हो ।

१८ मिटर लम्वाई र १दशमलव५ मिटर चौडाईको पुल निर्माणसँगै पटनेरीका करिब तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीलाई समेत ठूलो राहत मिलेको दावी गरिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले उक्त पुलको मंगलबार उद्घाटन गरे । उनले पुल सानो भए पनि सुविधाको हिसाबले महत्वपूर्ण भएको बताए । जनताका आवश्यकता अनुसार विकास निर्माणमा प्रदेश सरकारले जोड दिंदै आएको उनको भनाइ थियो ।

वडाध्यक्षद्वय राधिका शाही योगी र तोरण बानियाँले सीमित स्रोत साधनको भरपूर उपयोग गर्दै वडाको विकास निर्माणमा जुटेकाे बताए । 

पुल निर्माणले सो क्षेत्रका स्थानीयका साथै ऐतिहासिक माघे संक्रान्ति मेलाका दर्शक र नदीमा स्नान गर्ने भक्तजनलाई सुविधा पुग्ने दावी वडाध्यक्षद्वयको दावी छ ।

पुलनिर्माण उपभोक्ता समिति अध्यक्ष मदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, जानकी मावि व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुङ, उपभोक्ता समिति उपाध्यक्ष नारायण भण्डारी, सचिव विक्रमवावु भण्डारीलगायतले पुलको आवश्यकता र महत्वमाथि प्रकाश पारेका थिए । 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.