साउन ०५, २०८२, आइतबार

आज नेपाल र श्रीलंका भिड्दै


clock icon 2 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आज श्रीलंकाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार दिउसो २:४५ बजेदेखि शुरु हुदैछ । 

जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ । जसमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको थियो भने भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेपाल बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । 

त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालसँग ७-० गोलले पराजित भएको थियो । 

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 

यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय यू-२० महिला टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बिर्साना चौधरीको कप्तानीमा २३ खेलाडी खेल्दैछन् । 

गोलकिपरः लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।

डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पाण्डक, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।

मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (कप्तान) र सेनु परियार ।

फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.