माघ ०३, २०८२, शुक्रबार

राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्प शुरू


Advertisement Image
clock icon 5 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्प शुरु भएको छ ।  एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको हो । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण शुरु गरेका छन् ।

एशिया आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटमा नेपाल समुह बी मा परेको छ । समूह विभाजनमा नेपालको समूहमा जापान र कुवेत छन् । 

क्याम्पमा बोलाइएका खेलाडीमा रोहितकुमार पौडेल, आसिफ सेख, आरिफ सेख, रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अनिल साह, लोकेस बम, नन्दन यादव, सन्दीप लामिछाने, कुशल मल्ल, गुलशन कुमार झा, युवराज खत्री, रुपेश कुमार सिंह, विवेक कुमार यादव, शेर मल्ल, किरण ठगुन्ना, आदील अन्सारी, सुभ कंसकार, भीम सार्की, करण केसी, प्रतिस जीसी, बसिर अहमद, सागर ढकाल, पवन सर्राफ, अर्जन घर्ति,  सोमपाल कामी, ललित नारायण राजवंशी, साहब आलम, आकाश चन्द, सन्दीप जोरा र कमल सिंह ऐरी रहेका छन् ।

Copyright © 2024 | All rights reserved.