साउन ०३, २०८२, शुक्रबार

जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै


clock icon 13 hours, 27 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

बाँके । बाँकेको प्रसिद्ध शक्तिपीठ वागीश्वरीमा अष्टधातुले बनेको जुँगे महादेवको मूर्ति यही साउन ५ गते सोमबार पुनःस्थापना गरिने भएको छ । मूर्ति १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार भक्तजनको सुविधालाई दृष्टिगत गरी सोही दिनदेखि पूजार्चनाका निम्ति मन्दिर खुला हुनेछ । 

२००७ सालमा बनेको संरचना र मूर्ति स्थापना भएको ७५ वर्ष भइसकेकाले नयाँ मूर्ति निर्माणको आवश्यकता भएको औँल्याउँदै वागीश्वरी नजिक १०८ फिट अग्लो हनुमानको मूर्ति पनि निर्माणाधीन छ ।

बीपीचोकबाट सुरु भएर इदगाह-गुरुद्वारा धम्बोझी-वागीश्वरी मन्दिर-घरबारीटोल-पीपलबोट-गुम्बा-त्रिवेणीमोड अब धार्मिक करिडोर बन्नेछ ।

नेपालगञ्ज सबै धर्म मान्नेको नगर हो । दुई वर्षअघि जुँगे महादेव मन्दिरको मर्मतसम्भार थालिएको हो ।

Copyright © 2024 | All rights reserved.