0
प्रतिक्रिया
पोखरा । सर्लाहीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहट वृन्दावन नगरपालिका वडा नं ७ का ३० वर्षीय दिनेश पासवान छन् ।
रौतहटबाट लालबन्दी नगरपालिका-१ स्थित न्यू माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन गएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर पासवान गम्भीर घाइते भएका थिए ।
उनको हरिवनस्थित नमूना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही घटनामा गम्भीर घाइते भएका ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवानको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.