साउन ०३, २०८२, शुक्रबार

पत्रकार रुद्र श्रीष मगर पुरस्कृत


clock icon 4 hours, 53 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार रुद्र श्रीष मगर सम्मानित भएका छन् ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्वारा संरक्षित पुरस्कारद्वारा श्रीषमगर सम्मानित भएका हुन् ।

गण्डकी प्रदेशका युवा खेलकुद तथा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले पत्रकार श्रीषमगरलाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापालाई मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ गण्डकी प्रदेशबाट सर्वसम्मतले पारित भएको अवसर पारेर सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा मन्त्री थापाले मगर र गुरुङ भाषालाई गण्डकी प्रदेश सरकारले कामकाजको भाषाका रुपमा लागू गर्ने निर्णय गरेकाले समुदायगत रुपमा समेत यो विषयलाई चासो दिनुपर्ने बताए । मगर र गुरुङ समुदायले यो निर्णय लागू गरेर अगाडि बढ्न सके भाषा संरक्षण हुनेमा उनको जोड थियो ।

सम्मानित पत्रकार श्रीषमगरले पुरस्कारले आफूलाई जिम्मेवारी थपिएको अनुभव भएको बताए ।

नेपाल मगर संघका साँस्कृतिक विभागका उपप्रमुख तथा पुरस्कारदाता हर्क आलेले कौराहाको संस्कारलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले पुरस्कार स्थापित गरिएको बताए । 

नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा, प्रतिभा छनोट समितिका संयोजक एमबी आस्था मगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रेस काउन्सिल नेपालका सदस्य तथा पत्रकार केशवशरण लामिछाने, संघका सहसचिव बल रोका मगरलगायतले बोलेका थिए ।

पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), ‘एमबी आस्था’ (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन् ।

Copyright © 2024 | All rights reserved.