साउन ०४, २०८२, शनिबार

जीप दुर्घटनामा चालकसहित सात जना घाइते


clock icon 21 hours, 53 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । रुकुम पश्चिममा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।

घाइते हुनेमा जीप चालक त्रिवेणी गाउँपालिका वडा नं २ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी-१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी-२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसीकोट नगरपालिका-१३ की ४० वर्षीया सपना परियार र मुसिकोट-५ का शिवकुमारी शर्मा छन् ।

घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीचौकी सिम्रुतुले जनाएको छ । 

त्रिवेणी गाउँपालिका वडा नं २ को बादँर पानी, रुघा हँुदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको सिम्रुतु बजार नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

अनियन्त्रित भई सडकमै पल्टिएको जीपमा चालकसहित १० जना यात्रु रहेका थिए । घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.