0
प्रतिक्रिया
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आफ्ना नागरिकको नागरिकता सिफारिस निःशुल्क गर्ने भएको छ । पालिकाले १७औँ गाउँसभामार्फत निर्णय गराएर यस्तो सुविधा दिएको हो ।
पालिकाको निर्णय बमोजिम प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले परिपत्र जारी गरेर साउन १ देखि नै लागू हुने गरी मातहतका सबै वडामा नागरिकता सिफारिस निःशुल्क गर्न भनेका छन् ।
यो निर्णयसँगै नयाँ नागरिकता बनाउन र हराएको/च्यातिएको नागरिकताको प्रतिलिपि लिनका लागि आवश्यक सिफारिसमा कुनै शुल्क नलाग्ने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.