साउन ०४, २०८२, शनिबार

सगरमाथा लुम्विनी इन्स्योरेन्सको २९औँ वार्षिकोत्सव


clock icon 15 hours, 24 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सगरमाथा लुम्विनी इन्स्योरेन्स (सलिको) ले आफ्नो २९औँ वार्षिकोत्सव ज्येष्ठ तथा अशक्तलाई भोजन गराएर मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा छोरेपाटन र हेम्जास्थित मानव सेवामा आश्रममा आश्रय लिएका ज्येष्ठ तथा अशक्त व्यक्तिलाई भोजन गराएको इन्स्योरेन्सका न्यूरोड शाखा प्रमुख राजेशबाबु खत्रीले जानकारी दिए ।

इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, सरसफाईसहित विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

सामाजिक क्षेत्रमा गरिने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्दै भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने खत्रीले बताए ।

खत्रीले संस्थाको वार्षिकोत्सवलाई केवल उत्सवको रुपमा होइन, सामाजिक योगदानको अवसरको रुपमा मनन गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनी एकापसमा गाभिएर विगत तीन वर्षदेखि सलिको इन्स्योरेन्स कम्पनीको नाममा एकीकृत कारोबार गर्दै आएको छ ।
 

Copyright © 2024 | All rights reserved.