0
प्रतिक्रिया
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं ६ तीनखोले देवी मोटरमार्गअन्तर्गत कुम्ले खोलामा निर्माण गरिएको डबल सेल बक्स मोटरेबल पुलको शुभारम्भ गरिएको छ ।
स्थानीय पूर्वाधार विकास आयोजनाको बजेटमा करिब दुई करोड ८० लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो ।
पुल शुभारम्भ गर्दै संघीय सांसद एवं पूर्वमन्त्री शंकर भण्डारीले देश र जनताको सेवा नै सबैभन्दा महत्वपूर्ण भएको बताए ।
विकास र समृद्धिको मार्गमा सबै तह र निकाय एकजुट हुनुपर्नेमा उनले जोड दिए । नेता भण्डारीले धार्मिक, कृषि तथा पर्यटनको समायोजनमार्फत गाउँमा रोजगारी सिर्जना गरी युवा पलायनलाई रोक्न सकिने धारणा व्यक्त गरे ।
शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले पुल निर्माण कार्य समयमा सम्पन्न गर्न सफल भएकोमा निर्माण कम्पनी, जग्गा दाताहरू र स्थानीयवासीप्रति आभार व्यक्त गरे । उनले नगरपालिकाले व्यवसायिक कृषि तथा उत्पादनमुखी योजनालाई प्राथमिकतामा राखेको जानकारी गराए ।
तीनखोले मोटर मार्ग निर्माण समिति अध्यक्ष बालकुमार बाग्लेले २९ वर्षअघि शुरू भएको मार्गले अब टोल र बजारलाई सशक्त रूपमा जोडेको बताए ।
तीनखोले पूजाअनुष्ठान व्यवस्थापन समिति अध्यक्ष श्रीराम अधिकारीले धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पुलको निर्माण ऐतिहासिक भएको धारणा राखे ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, कास्कीका वरिष्ठ इन्जिनियर रविन पन्थीका अनुसार पुल निर्माण कार्य २०८१ असार १४ मा सुरु भई २०८२ असार ३० मा सम्पन्न भएको हो ।
वोयस्टन कन्ट्रक्सन प्रा.लि, गुल्मीका ठेकेदार गगन केसीले स्थानीय सहयोगका कारण निर्माण कार्य समयमै सम्पन्न भएको बताए ।
पुलको निर्माणसँगै खैरेनीटार बजार, जाम्दी, तीनखोले देवी मन्दिर, छहरे, कदमे, बयागाम, कुशे, पोखरी थोक, सर्वलाङ, राङ्गकोट, शालघारी दोहोरीबाट, कालिमर्याङ, कमलबाटेलगायतका गाउँ जोडिने छन् ।
Copyright © 2024 | All rights reserved.