0
प्रतिक्रिया
काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निलम्बन अवस्थामा रहेको बताएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता हाल जस्तो अवस्थामा सोही अवस्थामा निलम्बनमा रहेको जानकारी दिएका हुन् ।
गौतमले भण्डारीको राजनीतिमा पुनरागमनको विषयमा छलफल भएको र अधिकांश सदस्यले पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन गम्भीर विषय भएकोले पार्टीले बृहत छलफल गरेर छिटो निष्कर्षमा पुग्न सुझाव दिएको बताएका छन् ।
गौतमले भण्डारीको सदस्यता नवीकरण बारे पनि छलफल भएको बताउँदै पार्टीको विधानको धारा ८ र ९ आकर्षित भएको र विधानको व्यवस्था बारे छलफल भइरहेको र उचित समयमा निर्णय लिने गौतमले बताए ।
गौतमले भण्डारीलाई राजनीतिमा आउन रोक्ने भन्ने हल्ला चलाइएको भन्दै यो प्रणाली र गणतन्त्र व्यवस्थासँग जोडिएको राजनीतिक विषय भएकोले पार्टीले विशेष निर्णय गर्ने बताए ।
Copyright © 2024 | All rights reserved.