साउन ०५, २०८२, आइतबार

तनहुँमा बस दुर्घटना, पोखराका रामु र रुद्रसहित चार जना घाइते


clock icon 5 hours, 13 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराबाट काठमाडौँ जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा पोखराका दुई जनासहित चार जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा पोखरा-५ का ३० वर्षीय रामु थापा, पोखरा-६ का ४० वर्षीय रुद्रबहादुर पहाडी, सोलुखुम्बुका ४५ वर्षीय रुद्रप्रसाद कट्टेल र धादिङ गंगाजमुना गाउँपालिका वडा नं २ का २० वर्षीय कृष्णबहादुर तामाङ छन् । तामाङ बसका सहचालक भएको बताएको छ । 

घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं १२ छिर्कनेस्थित पृथ्वी राजमार्गमै बा४ख ८४१३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.