0
प्रतिक्रिया
पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स र हेटाैँडामा केन्द्रीय कार्यालय रहेको समृद्धि फाइनान्स मर्ज हुने भएका छन् ।
आइतबार बिहान दुई संस्थाबीच मर्जरको लागि सम्झौता भएको हो ।
हाल पोखरा फाइनान्सको चुक्ता पुँजी एक अर्ब आठ करोड २५ लाख रहेको छ भने समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ छ ।
दुई संस्थाको मर्ज भएसँगै चुक्ता पुँजी करिब दुई अर्व पुग्ने भएको छ ।
मर्जपछि हुने फाइनान्सको नाम र प्रमुख कार्यकारी अधिकृत टुंगो लाग्न बाँकी छ ।
पोखरा फाइनान्सका २४ वटा र समृद्धि फाइनान्सका १३ शाखा सञ्चालनमा छन् ।
हाल पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ र समृद्धिको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे छन् ।
गत बिहीबार शेयर बजारमा पोखरा फाइनान्सको अन्तिम शेयर मूल्य प्रतिकित्ता ४४३दशमलव२७ रुपैयाँ थियो भने समृद्धि फाइनान्सको शेयर मूल्य प्रतिकित्ता ५५३ दशमलव७८ रुपैयाँ थियो ।
Copyright © 2024 | All rights reserved.